धादिङको थाक्रे गाउँपालिका वडा नं.६ मा दृष्टि बिहिन बालबालिकाहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।

आज सोमबार महादेवबेसी स्थित जनजागृती माध्यमिक बिद्यालयमा सन्चालित दृष्टिबिहीन छात्राबासमा बसी अध्ययन गर्ने विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरिएको वडा अध्यक्ष हिरा बहादुर थापाले जानकारी दिनुभयो ।मासिक रुपमा नियमित गर्ने स्वास्थ्य परीक्षण कार्यक्रमले दृष्टिबिहिन बालबालिकाहरुले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिन सकेको र स्वास्थ्य समस्या समाधान हुन ठुलो सहयोग पुगेको अध्यक्ष थापाको भनाई छ ।

अब प्रत्येक महिनाको अन्तिम शुक्रबार नियमित रुपमा यो कार्यक्रम सञ्चालन हुने जनाएको छ । स्वास्थ्य जस्तो अति महत्वपूर्ण सवाललाई ध्यानमा राखी महादेवबेशी स्वास्थ्य चौकीसँगको समन्वय र सहयोगमा वडाले पुर्याएको योगदानप्रति नागरिकहरुले धन्यवाद प्रकट गरेका छन् ।
