त्रिपुरासुन्दरी ४ मा न्यायिक तथा कानुनी सचेतनासम्बन्धि अभिमुखीकरण-Divya Darshan TV


  • दिव्यदर्शन
  • शुक्रबार, जेष्ठ १७ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.४ मा न्यायिक तथा कानुनी सचेतनासम्बन्धि अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज शुक्रबार वडा कार्यालयको सभा हलमा न्यायिक समिती संयोजक एबम् त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको सभाध्यक्षमा सम्पन्न कार्यक्रममा वडा नं.४ भित्रका बिशेषगरी दलित,पीछडिएका बर्गलाई लक्षित गरेको थियो ।न्यायिक शाखाको आयोजनामा भएको कार्यक्रममा उपस्थित नागरिकहरुलाई कानुनी सचेतना, सकारात्मक सोच र ब्यावहारिक नीतिनियमबारे अभिमुखीकरण गरिएको थियो ।

न्यायिक सहजकर्ता उर्मिला म्याडमले सञ्चालन गर्नुभएको कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष कपिलदेव सिंखडा,अन्य जनप्रतिनिधि,कर्मचारी, वडास्तरीय मेलमिलापकर्ताहरु लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web