त्रिपुरासुन्दरीमा ल्याबसहितको नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन समुद्घाटन-Divya Darshan Tv


  • दिव्यदर्शन
  • मंगलबार, जेष्ठ १४ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट

त्रिपुरासुन्दरी ।

धादिङको त्रिपुरासुन्दरी गाउँ पालिकामा नवनिर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवनको समुद्घाटन गरिएको छ ।

आज मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी संघीय कृषि तथा पशुपंछी विकासमन्त्री माननीय रामनाथ अधिकारीले सो भवनको रिबन काटी समुद्घाटन गर्नुभएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै करिब ७०% कृषि पेशामा संलग्न कृषकहरुमा खुशी छाएको भन्दै उपाध्यक्ष देवराज धरेलले नवनिर्मित भवन निर्माणमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद दिनुभयो । ल्याब सहितको सेवा थपेर मात्र त्यसको औचित्य नहुने भन्दै सेवा केन्द्रबाट उपलब्ध हुने सेवाको भरपूर उपयोग गर्न उपाध्यक्ष धरेलले आम त्रिपुरासुन्दरीबासी नागरिकलाई आग्रह गर्नुभयो ।त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले व्यवस्थित भवन निर्माणले यो भेगको कृषि उपज उत्पादनमा थप टेवा पुगोस् भन्ने धारणा राख्नुभयो ।धादिङ जिल्लामा पहिलो सुविधा सम्पन्न कृषि र भेटेरिनरी भवनको उद्घाटनले इतिहास रचेको भन्दै यसबाट प्रवाह हुने सेवा त्रिपुरासुन्दरी गाँउपालिकाले मात्र नभई नजिकको पालिकाका नागरिकले पनि लिन सक्ने गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले बताउनुभयो।

त्यस्तै उहाले गाउँपालिकामा आउने बजेट कम आउने भन्दै केही आवश्यक र महत्वपूर्ण योजनाबारे संघ र प्रदेश बाट सहयोग गर्न मन्त्रीज्युलाई ध्यानाकर्षण गर्नुभयो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web