
धादिङ।
सामुदायिक विद्यालयका शिक्षकहरुले नेपाल शिक्षक महासंघको आह्वानमा २२ दिनदेखि जारी राखेको आन्दोलनका कारण जिल्लाभरिका विद्यालयहरु ठप्प भएको प्रति नेपाल मानव अधिकार संगठन धादिङले चासो व्यक्त गरेको छ ।बिहिबार नेपाल मानव अधिकार संगठन धादिङले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुन पुगेको उल्लेख गरेको छ ।नेपाल मानव अधिकार संगठन, धादिङले परिस्थितिले संविधानले सुनिश्चित गरेको बालबालिका तथा नागरिकका शिक्षा सम्बन्धि मौलिक हक र मानव अधिकारमाथि गम्भिर असर पारेको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र बुझाएको हो।
संगठनका सभापति कृष्णराज अधिकारीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, “विद्यार्थीहरुले विद्यालय जान, पढ्न, लेख्न र खेल्न पाउने अधिकार खोसिएको छ। हुनेखानेले निजि विद्यालयमार्फत शिक्षा लिन सकिरहेको अवस्थामा विपन्न वर्गका बालबालिकाहरु पठनपाठनबाट बञ्चित हुनु ठूलो अन्याय हो।”
ज्ञापन पत्रमा सरकार र शिक्षक महासंघबीच विगतमा भएका सम्झौता कार्यान्वयन गरी शिक्षा ऐन जारी गर्न ढिलाइ गर्नु दुःखद भएको उल्लेख छ। साथै, आन्दोलन चाँडै अन्त्य गरी शैक्षिक संस्था सञ्चालनमा ल्याई नियमित पठनपाठनको वातावरण सुनिश्चित गर्न माग गरिएको छ।
नेपाल मानव अधिकार संगठनले शिक्षक महासंघका जायज माग वार्तामार्फत सम्बोधन गर्न सरकार समक्ष आग्रह गरेको छ। यदि समयमा समस्या समाधान नभए सामाजिक असमानता गहिरिँदै जाने र समाजमा विद्रोहको अवस्था सिर्जना हुने चेतावनी समेत उक्त ज्ञापन पत्रमार्फत दिइएको संगठन धादिङले सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउदै सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षाबाट वञ्चित हुन पुगेको उल्लेख गरेको छ ।