त्रिमुर्ती मोबाईल हाउसको स्कुटर उपहार त्रिपुरासुन्दरी ७ की सजिना खड्कालाई


  • दिव्यदर्शन
  • सोमबार, बैशाख १ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट


धादिङ । त्रिमुर्ती मोबाईल हाउसको उपहार धमाकाको स्कुटर उपहार त्रिपुरासुन्दरी ७ खहरेकी सजिना खड्काले जितेकी छिन् । सदरमुकाम धादिङबेसी मिलनटोलमा रहेको त्रिमुर्ती मोबाईल हाउसले २०८१ सालमा मोबाईल खरिद गर्ने ग्राहकहरु मध्येबाट एक जनालाई लक्की ड्र मार्फत स्कुटर प्रदान गरेको हो । त्रिमुर्ती मोबाईल हाउसले हरेक महिना ग्राहकहरुमध्येबाट एक जनालाई सुनको औँठी उपहार दिदै आएको प्रोपाइटर इश्वर श्रेष्ठले बताउनुभयो।त्रिमुर्ती मोबाईल हाउसले नव वर्षको अवसर पारेर एक कार्यक्रमका विच स्कुटर वितरण गरेको हो । सुनको औँठी, पावर बैंक, स्माट वाच, एयरपर्टस्, एयरफोन लगायत सामाग्री करिव एक सय जनालाई प्रदान गरिएको हो । विभिन्न खेल खेलाउदै उपहार दिएर ग्राहक तथा सहभागीहरुलाई नयाँ वर्ष रोचक समेत बनाएका थिए । अर्को वर्ष हिरोको जुम स्कुटरसाथै हरेक महिना सुनको औँठी लगायत विभिन्न उपहार वितरण गरिने प्रोपाइटर श्रेष्ठले बताए ।त्यस्तै, नीलकण्ठ नगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाका महिला विकास निरिक्षक निर्मला केसी र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीले नयाँ वर्षको शुभकामना दिदै त्रिमुर्ती मोबाईल हाउसले गरेको उपहार कार्यक्रमले व्यावसायिक क्षेत्रमा निकै ठूलो सहयोग हुने बताउनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web