
धादिङ ।
नेत्रावती डवजोङ गाउँपालिका वाकामा जारी जिल्ला कै सर्वाधिक पुरस्कार राशी रहेको १५ औं वाका कप तथा तेस्रो अध्यक्ष कप 9A साईड खुल्ला नकआउट फुटबल प्रतियोगिता २०८२ को फाईनल खेल धादिङको चौतारा र नुवाकोटको किस्पाङबीच हुने भएको छ ।बैशाख १ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंङ लामाको प्रमुख आतिथ्यतामा हुने समापन कार्यक्रममा चर्चित कलाकारहरु यूबि मोङग्रेसा,रमला पाख्रिन,सुनिता वाइबा र बाल कलाकार राजेश परियारको प्रस्तुती रहने छार वाका राहा यूवा क्लबका अध्यक्ष जङगे वाइबाले जानकारी दिनुभयो । विजेताले २ लाख २ हजार र उपविजेताले १ लाख १ हजार, उत्कृष्ट खेलाडी उच्च गोलकर्ता,उत्कृष्ट गोलरक्षकले जनही ५–५ हजार जित्ने यस प्रतियोगिताको सेमिफाईनलमा किस्पाङ नुवाकोटले डुप्चेलाई १-० पराजित गर्दै फाईनल पुगेको हो भने चौतारा धादिङले कटुन्जेलाई पेनाल्टीमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो ।
