नेत्रावती डबजाेङ ४ मा मौरी पालनसम्बन्धी १५ दिने तालिम चल्दै


  • दिव्यदर्शन
  • शनिबार, चैत्र २९ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।

नेत्रावती डबजाेङ गाउँपालिका वडा नं ४ मा गृहिणी महिला सशक्तिकरण कार्यक्रम अन्तर्गत व्यवसायिक मौरी पालन तालिम सम्बन्धी १५ दिने तालिम चलिरहेको छ । शुक्रबार कार्यवाहक वडा अध्यक्ष बुद्धराम तामाङको सभाअध्यक्षता र गाउँपालिका अध्यक्ष मेघनाथ रिजालकाे प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरी सो तालिमको सुरु गरिएको हो । गृहिणी महिलाहरूको सशक्तिकरणका लागि उद्यमशीलता, स्वावलम्बन र सीपमूलक तालिम मार्फत स्वरोजगार एवंम् आत्मनिर्भर बनाउन उक्त कार्यक्रम ल्याइएको गाउँ पालिकाका अध्यक्ष मेघनाथ रिजालले बताउनुभयो।यसले उद्यमशीलता र सशक्तिकरणको माध्यमबाट महिलाहरूको आर्थिक तथा सामाजिक रूपान्तरण र क्षमता अभिवृद्धि गर्नुका साथै महिलाहरूको नेतृत्व विकासका लागि क्षमता अभिवृद्धि गर्नेमा गाउँ पालिकाका विश्वत रहेको उहाँले बताउनुभयो ।

त्यस्तै यस कार्यक्रम अन्तर्गत सचेतना अभिवृद्धि कार्यक्रम,उत्पादित सामग्रीहरूको बजारीकरणको व्यवस्थापनमा समेत पहल गरिने कार्यबाहक अध्यक्ष बुधराम तामाङको भनाई छ  ।

भनिन्छ नारी–पुरुष एक रथका दुई पाङ्ग्रा जस्तै हुन् । तर त्यो रथ चल्नका लागि दुवै पाङ्ग्राको गति समान हुनुपर्छ । समानताका नाराहरूको गुन्जायमान जति भए पनि यसको उपलब्धिका लागि महिला आफैं जुट्नुपर्ने हुन्छ । परम्परागत सामाजिक संरचनाभित्र खुम्चिएरभन्दा अर्थोपार्जनको बाटाहरू पहिल्याउँदै समग्र देशकै आर्थिक तथा सामाजिक क्षेत्रको रूपान्तरण जुट्नुपर्ने आजको आवश्यकता छ ।पछिल्लो समय नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढ्दो छ । तर उल्लेखनीय भने हुन सकेको छैन । यसका पछाडि विविध कारण र चुनौती छन् । महिलाको सबै क्षेत्रमा सहभागिता बढ्दो छ । तथापि मुलुकको आर्थिक समृद्धिका लागि महिलाको जीवनस्तरमा चाहेको सुधार हुन भने सकेको छैन ।यसको लागि राज्यले पनि उल्लेख्य मात्रामा पहल गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web