
गंगाजमुना गाउँपालिकाको विभिन्न टोलहरुलाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको छ ।शुक्रबार साविक गुम्दी गाविसको सिङ्गो वडा नम्बर ९को रातमाटा टोल, खोलाखेत मगर टोल, भण्डारी टोल लाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरिएको गाउँपालिका उपाध्यक्ष रामेश्वर सिंखडाले जानकारी दिनुभयो ।गंगाजमुना गाउपालिका वडा नम्बर ४ को आयोजना, रातमाटा टोल खानेपानी आयोजना निर्माण उपसमिति र मण्डली टोल विकास समितिको सह आयोजना, शान्ति नेपाल र सामुदायिक रुपान्तरणका लागि पूर्ण सरसफाई परियोजनाको सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।गाउँपालिका उपाध्यक्ष सिंखडाले गंगाजमुना गाउँपालिकालाई २०८३ चैत्र २५ गते भित्र नमुना सफा तथा स्वच्छ गाउँपालिका घोषणा, एक घर एक धारा बनाउने योजना रहेको बताउनुभयो ।यसैगरि गाउँपालिकाको वडा नम्बर ५को लप्सिबोट टोल,वडा नम्बर ६ को डाडा गाउँ, वडा नम्बर ७ को धजे टोल, वडा नम्बर २ को तावलबेशी र वडा नम्बर १ को किचेत समिपको याङ्गोल टोललाई नमुना सफा तथा स्वच्छ गाउँ घोषणा गरिसकिएको छ ।
source:radiobihani