
धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिकामा भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरण प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको छ ।आज मंगलबार भूमि समस्या समाधान आयोग धादिङ र त्रिपुरासुन्दरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाबीच बसेको बैठकले जग्गा वितरण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।गाउँपालिकामा सम्पन्न बैठकले वडा स्तरीय सहजीकरण समितिको बैठकमार्फत विभिन्न मितिमा संकलन गरिएका निवेदनहरूलाई परीक्षण गर्ने र भूमि समस्या समाधान आयोगबाट जारी ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको लगत संकलन सम्बन्धी कार्यविधि २०८१’ को अनुसूची ७ बमोजिम विवरण संशोधन गर्ने निर्णय गरेको हो ।साथै, कुनै उजुरी वा दाबी–विरोधका लागि ७ दिनको सूचना प्रकाशित गर्ने र त्रिपुरासुन्दरी गाउँपालिकामा भूमि सेवा केन्द्र गठन गर्ने निर्णय समेत बैठकबाट पारित गरिएको छ । यस निर्णयसँगै भूमिहीन तथा सुकुम्बासी समुदायका लागि स्थायी बसोबासको बाटो खुल्ने अपेक्षा गरिएको छ ।