
धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजारमा दलित सचेतना तथा सशक्तिकरणसम्बन्धि अभिमुखीकरण कार्यक्रम भएको छ ।मंगलबार वडा नम्बर ६ का वडा अध्यक्ष भूपेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नीलकण्ठ नगरपालिकाको उप प्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो ।कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि विश्वकर्माले दलितले आफ्नो अधिकार र कानुनमा लेखिएको कुराको जानकारी लिनुपर्ने र आफू पनि आर्थिक रुपमा सबल र सक्षम हुनुपर्नेमा जोड दिनुभयो ।त्यस्तै नगरकार्यपालिका सदस्य लक्ष्मण रम्तेलले समाजको जानेबुझेका समाजसेवी राजनीतिक दलका व्यक्तिहरुले पनि छुवाछुत तथा विभेद गर्नुहुन्न भन्नेकुरा समाजको नेतृत्व गर्ने व्यक्तिहरुले पनि सिक्न र बुझ्न जरुरी रहेको बताउनुभयो ।कार्यक्रममा उपस्थित नागरिकहरुले यसप्रकारका सचेतना कार्यक्रम ल्याएकोप्रति नगरपालिकालाई धन्यबाद दिएका छन् । नीलकण्ठ नगरपालिकाले भौतिक बिकाससँगै मानबीय बिकासलाई पनि जोड दिँदै आएको छ ।