बैशाख १२ गते पाँचौ नेत्रावती डबजोङ्ग पालिकास्तरिय हस्तलेखन प्रतियोगिता निरन्जनामा हुने-Divya Darshan TV


  • दिव्यदर्शन
  • बिहिबार, चैत्र २० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ।

नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं. १ मार्पाकमा रहेकाे निरन्जना मा. बि. मा नेत्रावती डबजाेङ्ग गाउपालिका स्तरिय हस्तलेखन प्रतियाेगिताकाे पाँचाै सस्करण हुने भएकाे छ । नेत्रावती डबजाेङ्ग गाउपालिका वडा नं. १ काे संरक्षण तथा निरन्जना मा. बि. काे संयाेजनमा हुन गईरहेकाे प्रतियाेगिताकाे आयाेजक मार्पाक सामुदायिक क्लब (CCM) तथा सह-आयाेजक निरन्जना SLC Batch २०५६ रहेकाे छ भने प्रायाेजकमा चन्द्र ब. – बुनादेवी अधिकारी अक्षयकाेष समिति रहेकाे छ । बैशाख १२ गते हुने पाँचाै सस्करणमा पनि गाउँपालिका भरिका बिध्यालयका कक्षा ५ देखि कक्षा १० सम्मका बिध्यार्थीहरु सहभागी हुन सक्नेछन् भने प्रतियाेगितामा प्रथम, द्दितिय र तृतिय हुनेले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ साथै चतुर्थ र पाचाै हुने ३ जनालाई पनि नगद र प्रमाणपत्र अनि छैटाै हुने ४ जनालाई समेत आकर्षक गिफ्ट र प्रमाणपत्र प्रदान गरिने छ भने सान्त्वना हुनेहरुलाई पनि सहभागिताकाे पुरस्कार प्रदान गरिने प्रतियाेगिता संयाेजक मार्पाक सामुदायिक क्लब (CCM) का महासचिव काजिराम अधिकारीले जानकारी दिनुभयाे । प्रतियाेगिताकाे TV पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियाे पार्टनरमा निलकण्ठ एफ. एम., अनलाईन मिडिया पार्टनरमा भिजन न्युज नेपाल, जन अपडेट, धादिङ्ग संचार र गुल्मि बुलेटिन रहेकाे छ भने प्रिन्टिङ्ग सपाेर्टमा न्यु जुम फाेटाे स्टुडियाे म्हेपी रहेकाे छ ।

Source:Kajiram Adhikari

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web