सिद्धलेकमा प्रजनन स्वास्थ्य रुग्णता जाँच तथा व्यवस्थापन शिविर


  • दिव्यदर्शन
  • सोमबार, चैत्र १० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
सिद्धलेक गाउँपालिकामा प्रजनन स्वास्थ्य रुग्णता जाँच तथा व्यवस्थापन शिविर सञ्चालन गरिएको छ ।आईतबार गाउँपालिकाको आयोजना र जनस्वास्थ्य कार्यालय धादिङको समन्वय तथा जिल्ला अस्पताल धादिङको प्राविधिक सहयोगमा प्रजनन रुग्णता शिविर सम्पन्न भएको हो ।शिविरमा २३० जना महिलाको स्वास्थ्य परिक्षण १९० जना महिलाको भि आई ए जाँच २ जनामा भि आई ए पोजेटिभ २३ जना महिलाको युट्रस प्रोल्याप्स रिङ प्रेसरी प्रयोग ४ जना महिलाको अप्रेसन गराउनु पर्ने पहिचानको साथै प्रेषण शिविर गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शंकर बाबु दुवाडीले जानकारी दिनुभयो ।सिद्धलेक गाउँपालिका वडा नं २ नलाङ स्वास्थ्य चौकीमा सम्पन्न भएको शिविरमा गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक शम्भु गुरुङ सागरको अध्यक्षता तथा सिद्धलेक गाउँपालिकाको अध्यक्ष परशुराम खतिवडाको प्रमुख अतिथ्यतामा रहेको थियो ।शिविरमा गाउँपालिका अध्यक्ष, वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक शम्भु गुरुङ, जिल्ला जनस्वास्थ्य कार्यलय धादिङको प्रमुख, जिल्ला अस्पताल धादिङका डा।रामचन्द्र रिजाल, डा।सविन नलाङ स्वास्थ्य चौकिका सम्पूर्ण टिम महिला स्वास्थ्य स्वायंसेविका, अन्य स्वास्थ्य संस्थाहरुवाट उपस्थित भएका सम्पूर्ण स्वास्थ्य कर्मिहरू, शिविर व्यवस्थापन गर्ने कार्यलय प्रमुख प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, नर्सिङ फोकल पर्सन सविता खड्का, जन स्वास्थ्य निरीक्षक चेतनाथ भट्ट स्वास्थ्य चौकी प्रमुख सन्तोषी अर्याल साथै वडाका जनप्रतिनिधि भगवान भट्ट लगायतको उपस्थिति रहेको थियो ।

Source:radiobihani

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web