
धादिङ ।
सदरमुकाम धादिङबेशीमा सञ्चालित ३ दिने पत्रकार क्षमता अभिवृद्धि तालिम आइतबार समापन भएको छ ।समापन समारोहलाई सम्बोधन गर्नुहुदै कार्यक्रमका प्रमुख अतिथी नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले पत्रकारिताको आधारभुत ज्ञान र सिपलाई ग्रहण गर्दै अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।उहाँले गणतन्त्रको स्थापना, राजतन्त्रको र सामाजिक कुरितिको अन्त्य गर्दै, नयां नेपालको परिकल्पनाका साथ स्थापना भएको रेडियो बिहानीले लिएको लक्ष्य पुरा गर्न उक्त तालिमले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।पत्रकारिताको क्षेत्रमा उदाउदै गरेका युवाहरुलाई उचित प्रशिक्षण दिने उद्देश्य सहित चैत्र ८ गतेबाट सुरु भएको तालिम आईतबार सम्पन्न भएको हो ।दुई दिन सम्म मुख्य प्रशिक्षकको पत्रकारिताको विभिन्न विषयमा प्रशिक्षण गराउनुभएका राष्ट्रिय समाचार समितिका सम्पादक हरि लामिछानेले महत्वपुर्ण समय जुटाएर सहयोग गरिदिनुभएकोमा धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै उक्त तालिमले पत्रकारितालाई समाजको अभिन्न अंग र समाजको सबैभन्दा राम्रो पाटो हो भन्ने कुराको महशुस गराएको बताउनुभयो । उहाँले तालिम पश्चात नयाँ पत्रकार जन्मनुका साथै विभिन्न किसिमका लेख रचनाहरु लेख्नका लागि समेत प्रोत्साहित गरेको बताउनुभयो ।तालिममा सहभागि भएका प्रशिक्षार्थीहरुले आफुहरु जस्ता पत्रकारिता क्षेत्रमा उदाउदै गरेका युवाहरुलाई उक्त तालिमले केहि उर्जा मिलेको बताएका थिए । त्यसै गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा जसरी नै पत्रकारिताको क्षेत्रमा पनि उचित किसिमको प्रभावकारी कार्ययोजना निर्माण गर्न नीलकण्ठ नगरपालिकालाई आग्रह गरेका थिए ।तिन दिन सम्म सञ्चालन भएको उक्त तालिममा नीलकण्ठ नगरपालिकाको विभिन्न वडालाई नेतृत्व गर्दै आएका ३५ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । उक्त तालिममा समाचारका विभिन्न विषय, रिर्पोटिङ गर्ने तरिका, मोबाईल पत्रकारिता, फोटो पत्रकारिता, पत्रकारिताका वर्तमान अवस्था, अन्तरवार्ता लिने शैली लगायत पत्रकारिताको आचार संहिताको बारेमा प्रशिक्षण गराईएको थियो ।