धुनीबेशी १ मा एक दिने निशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निबारण शिबिर-Divya Darshan TV


  • दिव्यदर्शन
  • सोमबार, चैत्र १० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
धुनीबेशी नगरपालिका वडा नं.१ मा एक दिने निशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निबारण शिबिर सम्पन्न भएको छ ।
नगरपालिकाको बार्षिक कार्यक्रम बमोजिम वडा नं.१ बाट आइतबारबाट सुरु गरिएको र यो शिबिर प्रत्येक वडामा सञ्चालन हुने धुनीबेशी नगरपालिका पशुपन्छि बिकास शाखा प्रमुख डा. सुरज भण्डारीले बताउनुभयो ।शिबिरमा निशुल्क औषधी बितरण,गोबर परिक्षण,बाँझोपन परिक्षण,परजिबि नियन्त्रण,पशु स्वास्थ्य परिक्षण,पशु बन्ध्याकरण,परामर्श सेवा लगायतका सेवाहरु प्रदान गरिएको छ ।गाँउघरमै यसरी निशुल्क औषधीदेखिका सेवाहरु प्रदान गरेकोप्रति नगरपालिकालाई नागरिकहरुले धन्यबाद दिएको छ । साथै यस्तो शिबिरहरु आगामी दिनमा समेत ल्याउन आग्रह गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web