
धादिङ ।
बेनीघाट रोराङ गाउँपालिका भित्रका अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन २ दिने मौरीपालन तालिम र मौरी सहितको घार वितरण गरिएको छ ।गाउँपालिकाको आर्थिक सहयोग तथा धादिङ नेत्रहीन संघको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूको लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत २ दिने मौरीपालन तालिम र मौरी सहितको घार वितरण गरिएको हो ।व्यावसायिक सीप हस्तान्तरण गर्दै आत्मनिर्भर बनाउने अभियान अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूको आर्थिक सशक्तीकरण र आत्मनिर्भर जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम गरिएको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया(विवेक)को भनाई छ ।अवसर पाएमा आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देशका साथै कार्यक्रमले सहभागीहरूलाई आत्मनिर्भरताको मार्गमा अघि बढ्न हौसला प्रदान गरेको उहाँको भनाई छ ।
Source:BenighatRM