१५ औँ मार्पाक प्रिमियर लिगको उपाधि चौतारा युवा क्लबलाई-Divya Darshan TV


  • दिव्यदर्शन
  • शुक्रबार, फाल्गुन ३० २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

काठमाडौं ।
काठमाडौंमा सम्पन्न ‘रेडबुल १५ औँ मार्पाक प्रिमियर लिग (एमपिएल) को उपाधि चौतारा युवा क्लबले जितेको छ। १५ टिम सहभागी प्रतियोगिताको फाइनल खेलमा चौतारा युवा क्लबले उपाधि जित्दै नगद २२ हजार २ सय २२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। टिम थलाले उपविजेता बन्दै नगद ११ हजार १ सय ११ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।डुप्चे युवा क्लब प्रतियोगिताको अनुशासित टिम घोषित हुँदै नगद ५ हजार ५ सय ५५ रुपैयाँ जित्न सफल भयो। सेमिफाइनलमा पुगेका टिम भेट्रान्स र चरङ्गे युथ क्लबले समान ३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गरे।प्रतियोगितामा व्यक्तिगत अवार्डतर्फ चौतारा युवा क्लबका सोमान तामाङ उत्कृष्ट गोलकिपर घोषित हुँदै नगद २ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरे। चौतारा युवा क्लबकै विमल तामाङ उत्कृष्ट फरवार्ड घोषित हुँदै समान नगद राशिसहित मेडल र प्रमाणपत्र पाए।यसैगरी, कर्णेल रणमेहर काजी युनाइटेडका समिर अधिकारी उदियमान खेलाडी घोषित हुँदै नगद २ हजार २ सय २२ रुपैयाँसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भए।प्रतियोगिताको उद्घाटन अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष तथा ने.क.पा. माओवादी केन्द्रका केन्द्रीय सदस्य शंकर अधिकारीले गरेका थिए।कार्यक्रममा नेत्रावती डबजोङ १ का वडाध्यक्ष ठाकुर गुरुङ, समाजसेवी उत्तम अधिकारी, गोपाल गुरुङ, डम्बर अधिकारी, सुब्बा बहादुर सुनारलगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।प्रतियोगितामा रेडबुल टाइटल प्रायोजक रहेको थियो भने नेपाली मन उद्योग मनमैजु मुख्य प्रायोजकका रूपमा थियो। जय मातादेवी ज्वेलर्स नेपालटार, क्याम्ब्रिज र छाङ्मी कोरियन भाषा केन्द्र बालाजु र चौतारा ज्वेलर्स बाइपास सह प्रायोजक रहेका थिए। प्रतियोगिता सम्पन्न गर्न सितामाय चोदेन, उत्तम अधिकारी, गोपाल गुरुङ र शंकर अधिकारीले आर्थिक सहयोग गरेका थिए।प्रतियोगिताको टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियो पार्टनरमा नीलकण्ठ एफएम र अनलाइन मिडिया पार्टनरमा जन अपडेट डटकम, भिजन न्युज नेपाल, धादिङ संचार र गुल्मी बुलेटिन रहेका थिए।

Pic:Kajiram Adhikari Chhetri/source:Gulmibuletin

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web