सिद्धलेक गाउँपालिका वडा नम्बर १ द्धारा ३६२ जना जेष्ठ नागरिकहरुलाई सम्मान


  • दिव्यदर्शन
  • बिहिबार, फाल्गुन २९ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
सिद्धलेक गाउँपालिका वडा नम्बर १ ले फागु पुर्णिमाको अवसरमा वडा कार्यालय परिसरमा ६८ वर्ष माथिका ३६२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ। वडा नम्बर १ भित्र रहेका ९० वर्ष माथिका १५ जना र ६८ वर्ष माथिका ३४७ जना गरी ३६२ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको वडा अध्यक्ष पेमा लामाले बताउनुभयो।वडा अध्यक्ष लामाका अनुसार ९० वर्ष माथिका १५ जनालाई फोटो अंकित कप र दोसल्लाह ओढाएर सम्मान गरिएको थियो भने अन्य ६८ वर्ष माथिकालाई दोसल्लाह ओढाएर सम्मान गरिएको थियो।कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुको स्वास्थ्य चेक जाँच पनि गरिएको लामाले बताउनुभयो। सम्मानित हुने मध्ये सबै भन्दा बढी उमेर एक सय वर्षकी सेतीमायाँ तामाङ रहेको लामाले बताउनुभयो।कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष सविता अर्यालले अभिभावकहरुलाई एकीकृत रुपमा सम्मान गर्न वडा नम्बर १ ले सुरुवात गरेकोमा धन्यवाद दिँदै गाउँपालिकाले पनि आगामी वर्षको वजेटमा जेष्ठ नागरिकहरुका लागि विशेष योजना बनाउने बताउनुभएको वडा अध्यक्ष लामाले जानकारी दिनुभयो।कार्यक्रममा पालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडा अध्यक्ष सागर गुरुङ, नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाका सभापति अमृत गुरुङ, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु सहभागी थिए।वडा अध्यक्ष लामाले जेष्ठ नागरिकहरुका लागि थप योजनाहरु ल्याउने बताउनुभएको छ।आफु वडाध्यक्षमा निर्वाचित भएपछी बैरेनी देखि वडा कार्यालय सम्म सडक कालोपत्रेको काम भईरहेको र थप वजेटको प्रतिक्षामा रहेको भन्दै आफ्नो कार्यकालमा डुम्रेखोला देखि वडा कार्यालय हुँदै वडा २ सम्म कालो पत्रे सक्ने लक्ष्य रहेको बताउनुभएको छ।आफु निरन्तर वडाको विकासमा लागेको भएपनी विकास विरोधीहरु मुद्दा मामिलामा लागेकाले काम गर्न असहज भएको बताउनुभयो।

Source:Bagmatikalam.com/Pic:Narayan Silwal

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web