बैरेनीमा अवस्थित आयाम ईङलिस स्कुल १४ औँ बर्षमा प्रबेश-Divya Darshan TV


  • दिव्यदर्शन
  • बिहिबार, फाल्गुन २९ २०८१
  • पढ्न लाग्ने समय 2 मिनेट

धादिङ ।
सिद्धलेक गाउँपालिका वडा नं.१ नलाङ बैरेनीमा अवस्थित आयाम ईङलिस स्कुल १४ औँ बर्षमा प्रबेश गरेको छ ।
बि.स.२०६८ सालदेखि सञ्चालित बिद्यालयले बुधबार एक भब्य कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव तथा अभिभावक भेला एवं्म पुरस्कार विवरण कार्यक्रम सम्पन्न गरेको छ ।कार्यक्रममा आफ्नो मन्तब्य राख्नुहुदै कार्यक्रमका प्रमुख अतिथि एबम् धादिङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष प्रतापसिहं तामाङले यस बिद्यालयले गुणस्तरीय शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिदै आएको बताउनुभयो ।त्यस्तै उहाँले अहिले ६ कक्षासम्म चलिरहेको आयाम स्कुलले आगामी दिनमा अझै कक्षा थप गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभएको छ । त्यस्ते बिद्यालय सञ्चालक समितीका अध्यक्ष एबम् कार्यक्रमका सभापति बिकास कोइरालाले बिद्यालयको भौतिक अबस्थाले बिद्यार्थीमा केही प्रभाब पारे पनि आफ्ना बालबच्चाको सरससफाईमा ध्यान दिन आग्रह गर्नुभयो । १४ औँ वार्षिक उत्सवको अवसरमा पढाईमा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न गितहरुमा नृत्यसमेत प्रस्ुतत गरेका थिए । यस्तै कार्यक्रमको अन्त्यमा अभिभावक,शिक्षक,बिद्यार्थीहरुले रङको पर्व होलिसमेत खेलेर मनोरञ्जन गरेको ब्यबस्थापक ममता अर्यालले जानकारी दिनुभयो ।कार्यक्रममा सिद्धलेक गाउँपालिका वडा नं.१ का वडासदस्य भगवान भट्ट,जिल्ला भलिबल संघका अध्यक्ष अमृत बहादुर गुरुङ,स्वास्थ्य स्वयमसेवक रन्जित सिलवाल,बिद्यालयका प्रद्यानाध्यापक आश बहादुर गुरुङ,तेक्वान्दो प्रशिक्षक शालिग्राम सिलवाल लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web