जाडोबाट सुरक्षित राख्न स्वावलम्वि बहिरा आ.बि.का विद्यार्थीलाई जुत्ता वितरण-Divya Darshan TV


  • दिव्यदर्शन
  • आइतबार, पुष २१ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
स्वावलम्वि बहिरा आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शितल छहारी नेपाल धादिङले जुत्ता वितरण गरेको छ । नीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको स्वावलम्वि आधारभुत बहिरा विद्यालयको विद्यार्थीहरुका ३९ थान जुत्ता तथा मोजा वितरण गरिएको हो ।विद्यालयका विद्यार्थीहरुलाई जाडोबाट सुरक्षित राख्न र सहजताको लागि जुत्ता वितरण गरिएको शितल छहारी नेपालका अध्यक्ष कृष्ण बद्री पौडेलले जानकारी दिनुभयो ।विद्यालयमा भएको जुत्ता वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै विद्यालयका प्रधानाध्यापक राम प्रसाद रिजालले शितल छहारी नेपालले विद्यालयलाई ठुलो सहयोग गर्दै आइरहेकोले अभिभावकको रुपमा हेरेको बताउनुभयो ।त्यसैगरी जिल्ला समन्वय समिति धादिङका सदस्य राम प्रसाद रिजालले विद्यालयका वालवालिकाहरुलाई जाडोमा कफि बितरण गर्नलाई नगद रकम समेत हस्तान्त्रण गर्नुभएको थियो ।जिल्ला समन्वय समिति धादिङका सदस्य राम प्रसाद रिजालको प्रमुख आतिथ्यतामा भएको जुत्ता वितरण कार्यक्रममा नेपाल मानव अधिकार संगठन धादिङका सभापति कृष्णराज अधिकारी, वडा सदस्य विमला वराईली, शितल छहारी नेपालका सल्लाहकार वालकृष्ण नेपाली, शितल छहारी नेपालका उपाध्यक्ष बिक्रम पौडेल, पत्रकार ईश्वर थापा मगर लगायतको उपस्थिति रहेको थियो ।

Source:Trikonkhabar

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web