नलाङमा भएको बस दुर्घटनामा आठ जना घाईते-Divya Darshan TV


  • दिव्यदर्शन
  • आइतबार, पुष २१ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
सिद्धलेक गाउँपालिका वडा नं १ स्थित नलाङ बैरेनी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा आठ जना घाईते भएका छन् । नलाङ खिर्रेको एक धार्मिक कार्यक्रममा सहभागी भएर चितवनतर्फ फर्कँदै गरेको बा ३ ख ६२८७ नम्बरको बस रैजँले मोड नजिकै सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा परी धादिङको सिद्धलेक गाउँपालिका वडा नं १ की १३ बर्षिया कविता आवजी, सोही ठाउँकी ५५ बर्षिया बिन्दा वि।क, ५५ बर्षिया वतैनी सुनार, सिद्धलेक गाउँपालिका वडा नं ५ की २५ बर्षिया बिन्दु घले, गोरखाको पालुङटार वडा नं ४ की ३८ बर्षिया सन्जु श्रेष्ठ, चितवनको रत्ननगर नगरपालिका वडा नं १३ का ३९ बर्षिय गणेश परियार, सोही ठाउँका ६० बर्षिय दुर्गा परियार र इच्छाकामना गाउँपालिका वडा नं ४ की २८ बर्षिया मिसुरी राना घाईते भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।घाईतेहरुको अवस्था सामान्य रहेको र सदरमुकाम धादिङबेशीस्थित धादिङ अस्पताल उपचार भईरहेको डिएसपी हमालले बताउनुभयो ।

source:Bagmatikalam.com

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web