धादिङ ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलाई सम्मान गरिएको छ । शनिबार साना किसान सहकारी संस्था लि. कुम्पुरको २५ औ बार्षिक साधारण सभाको अबसरमा पत्रकार महासंघ धादिङका अध्यक्ष अधिकारी सम्मानित हुनुभएको हो ।पत्रकारिताको माध्यमबाट किसानका सवाल उजागर गर्ने अधिकारी महासंघको जिल्ला अध्यक्ष पदमा निर्वाचित भएकोले कृषि मन्त्री रामनाथ अधिकारीले सम्मान पत्र, दोसलल्ला ओडाएर सम्मान गर्नुभएको हो।सोही अबसरमा कृषि सहकारी जिल्ला संघको अध्यक्ष पदमा निर्वाचित हुनुभएका रंग थपलियालाई समेत सम्मान गरिएको थियो । थपलिया साना किसान सहकारी संस्था लि.कुम्पुरको संचालक समितिमा हुनुहुन्छ ।साधारणसभाको मन्त्री अधिकारीले उद्घाटन गर्दै किसानले चाहिएजति मल पाउने व्यवस्था गरेको भन्दै कृषि सामाग्री संस्थान गजुरीमा ५ सय ७० टन युरिया र १ सय ४२ मेट्रिकटन डिएपि मल स्टक रहेको बताउनुभयो ।