श्री स्थानपति कृषि तथा पशुपालन सहकारी संस्था लि.को सातौ बार्षिक साधारण सभा सम्पन्न-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, पुष २० २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
ज्वालामुखी गाउँपालिका वडा नं.४,साँधभञ्ज्याङस्थित श्री स्थानपति कृषि तथा पशुपालन सहकारी संस्था लि.को सातौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।आज शनिबार कृषि तथा पशुपन्छी बिकासमन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भब्य कार्यक्रमकाबीच सातौ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।सहकारीका अध्यक्ष श्री दिपक इटनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा ज्वालामुखी गाँउपालिकाका अध्यक्ष यमनाथ दनै ,उपाध्यक्ष धर्म बहादुर अर्याल ,निवर्तमान गाँउपालीकाका अध्यक्ष बिनोदराज तिमिल्सीनाको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा महाधिवेशन प्रतिनिधि श्री नरेन्द्र भट्ट,ज्वालामुखी ४ का वडा अध्यक्ष कृष्ण बहादुर गुरूङ , सामाजीक व्यक्तित्वहरू सहकारि बित्तिय संस्थाका प्रतिनिधिहरू लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम सुबास रिजालबाट संचालन गर्नुभएको थियो ।साथै कार्यक्रममा एकल महिला,अशक्त ब्यक्तिहरुलाई नगदद्धारा सहयोग प्रदान गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web