धादिङ ।
त्रिपुरासुन्दरी गाउँपालिका वडा नं.५ मा अवस्थित सल्यानकोट माध्यमिक विद्यालयद्वारा शुक्रबार आयोजना गरिएको माध्यमिक तहको अन्तर समिति हाजिरीजवाफ प्रतियोगितामा रानीपौवा माध्यमिक विद्यालय प्रथम भएको छ ।त्यस्तै त्रिपुरासुन्दरी माध्यमिक विद्यालय द्वितीय, महेन्द्रोदय माध्यमिक विद्यालय पोखरा तृतीय तथा सल्यानकोट माध्यमिक विद्यालयले सान्त्वना स्थान प्राप्त गरेको छ ।कार्यक्रममा बिजेता हुन सफल विद्यालयहरुलाई गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि देबराज धरेलले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।बिद्यालयबीचको सम्बन्ध कायम राख्न र अतिरिक्त क्रियाकलापलाई जोड दिने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।