धादिङमा खानीको संभाव्यता अध्ययन गर्ने मन्त्री तामाङको भनाई


  • दिव्यदर्शन
  • सोमबार, पुष १५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य, भुमी तथा प्रशासन मन्त्री सुकमाया तामाङले रुवीभ्यालीको रुवी, जस्ता र तामा खानीको संभाव्यता अध्ययन गरिने बताउनुभएको छ ।आइतबार धादिङबेसीमा नेकपा एमाले धादिङका नेता कार्यकर्ताहरुसँगको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले खानी विभागबाट विज्ञसहितको टोली ल्याएर उद्योग संचालनको समेत संभाव्यता अध्ययन गर्ने बताउनुभएको हो ।उद्योग धन्दा संचालनको लागि धादिङ, सिन्धुली, सिन्धुपाल्चोक लगायतका जिल्लाका खानीहरुमा खानी विभागको विज्ञहरु ल्याएर संभाव्यता अध्ययन गरी लगानी आव्हान गरी उद्योग संचालनको प्रकृया अगाडि बढाउन लागिरहेको र धेरै वर्षदेखि दर्ता भएर बसेको कम्पनीहरुको अवस्था बुझ्ने, ठाउँ मात्रै ओगटेर बसेका कम्पनीहरुलाई खारेज प्रक्रियामा लाने र विभिन्न बाधा अड्काउ फुकाएर नयाँ दर्ता प्रकृया सुरु गर्न समन्वय गर्ने पनि उद्योगमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो । धादिङ आएको बेला मन्त्री तामाङले मालपोल, नापी, घरेलु उद्योग लगायतका कार्यलयको पनि निरिक्षण गर्नुभएको छ । निरिक्षणको क्रममा मालपोत कार्यालयमा श्रेस्ताहरु अस्तव्यस्त देखिएकोले सुधार गर्न निर्देशन दिनुभएको छ ।छिटो छरितो ढंगबाट विना झन्झट सेवा दिन सम्बन्धित कार्यालय प्रमुखहरुलाई निर्देशन दिइएको र सुधार नगरे कानुनी कारबाही अगाडि बढाउने मन्त्री तामाङले बताउनुभयो ।

Source:Nepalpath.com

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web