धादिङ उद्योग बाणिज्य संघको वरिष्ठ उपाध्यक्ष पदमा रोहित भण्डारीको उम्मेद्वारी घोषणा


  • दिव्यदर्शन
  • शनिबार, पुष १३ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ ।
धादिङ उद्योग बाणिज्य संघको आसन्न ११ औँ अधिबेशनमा वरिष्ठ उपाध्यक्ष पदका लागि रोहित भण्डारीले उम्मेद्वारी घोषणा गर्नुभएको छ ।पुर्व अध्यक्षहरु तेज बहादुर भण्डारी, ध्रुव बहादुर थापा, प्रभातकिरण सुवेदी, चन्द्रकान्त अधिकारी, वोदनाथ दुवाडी, निवर्तमान अध्यक्ष रुद्र बहादुर खत्री र हालका बरिष्ठ उपाध्यक्ष रामकुमार डल्लाकोटीको समर्थनमा आफुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन लागेको उहाँको भनाई छ ।आज धादिबेसीमा एक कार्यक्रमकाबीच उहाँले उम्मेदवारी घोषणा गरेका हुन् भने पुर्व अध्यक्षहरुले साथ दिँदै भण्डारीलाई सर्वसम्मत निर्वाचित गराउन पहल गरिने धारणा राखेका छन् ।यो पटक ११ औ अधिवेशनमा धादिङ उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष बनेर अर्को कार्यकाल स्वतः अध्यक्ष हुने तयारीमा जुटेका रोहित भण्डारी २०६७ सालमा कार्यालय प्रमुखको रुपमा धादिङ उद्योग बाणिज्य संघमा प्रवेश गरेका थिए । करिव ११ बर्ष कर्मचारी भई सेवा प्रदान गरेका भण्डारी हाल धादिङ उद्योग बाणिज्य संघमा कार्यसमिति सदस्य रहेका छन् ।
यस्तो छ सार्वजानिक प्रतिबद्धता:

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web