व्यवस्थापन समितिको पहिलो महिला अध्यक्षमा सापकोटा, डायलासिस सेवाको दायरा बढाउने प्रतिवद्धता


  • दिव्यदर्शन
  • शुक्रबार, पुष १२ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ।
जिल्ला अस्पताल धादिङको व्यवस्थापन समिति अध्यक्षमा नियुक्त हुनुभएका सामाजिक अभियन्ता महिला अधिकारकर्मी राधिका सापकोटाले पदभार ग्रहण गर्नुभएको छ । उहाँले पदभार ग्रहण गर्दै अस्पतालमा डायलासिस सेवाको दायरा बढाउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।पहिलो निर्णय गर्दै सापकोटाले हाल २२ जनाले डायलिस सेवा पाइरहेको र २० जना डायलिस सेवा लिने पर्खाइ रहेको तथ्यांक भएकोले सबै प्रतिक्षा सूचिमा रहेका सेवाग्राहीलाई उपलब्ध हुनेगरि डायलासिस सेवा संचालनको पहल गर्ने बताउनुभएको छ ।धादिङ अस्पतालमा सफा पानी उपलब्ध नहुँदा धेरै सेवा प्रभावित भइरहेको अवस्थामा पानीका लागि बजेट व्यवस्था गरि अस्पताललाई आवस्यक पानी व्यवस्थापन गर्ने र डिपिआर भएको एकसय बेडको अस्पताल निर्माणका लागि तदारुकताका साथ काम गर्ने सापकोटाले बताउनुुभयो ।बागमति प्रदेश सरकारको मातहतमा रहेको धादिङ अस्पतालले लामो समयको प्रतिक्षापछि बागमति प्रदेश स्वाथ्य मन्त्री स्तरको निर्णयबाट सापकोटा अध्यक्षमा नियुक्त हुनुभएको छ ।काभ्रेको तत्कालिन रयालेमा २०३६ साल चैत ८ गते जन्मनुभएका सापकोटा विद्यार्थी आन्दोलनको नेतृत्व गर्दै मार्क्सवादी चिन्तन र दर्शनबाट प्रेरित भएर राजनीतिमा समेत सक्रिय हुनुहुन्थ्यो । धादिङको महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल संस्थापक भएर आन्दोलन र सामाजिक अभियान चलाउनुभएका सापकोटा हिंसा पीडित महिलाहरुको लागि संचालित सुरक्षित आवास गृहको नेतृत्व गर्दै आउनुभएको छ ।धादिङ अस्पतालको अध्यक्ष भएपछि उहाँले सहकार्य गरेर अस्पताललाई जनताको सेवामा लाग्न र आफूपनि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।धादिङ अस्पतालमा स्वागत गर्दै अस्पताल निर्देशक डा.गगन अधिकारीले अस्पतालको बारेमा जानकारी दिँदै नयाँ भवन निर्माणको सुरु गर्ने, जनशक्ति व्यवस्थापन गर्ने र सेवा प्रवाह चुस्त बनाउने विषयमा तथ्यगत जानकारीहरु प्रस्तुत गर्नुभयो ।धादिङ अस्पताल संचालन तथा व्यवस्थापन समितिका पूर्व अध्यक्ष राजाराम रिजाललाई सोही अबसरमा नवनियुक्त अध्यक्ष सापकोटाले दोसल्ला ओडाएर सम्मान गर्दै सँधै सल्लाह, सुझाव सहयोगको लागि अपिल गर्नुभएको छ ।

source:kandadarakhabr

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web