धादिङ, २२ मंसिर
धादिङको सिद्धलेक गाउँपालकामा पालिका स्तरीय अस्पतालको शिलान्यास गरिएको छ ।
सिद्धलेक गाउँपालिका वडा नं १ बैरनीमा निर्माण हुन लागेको अस्पतालको शिलन्यास गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले गर्नुभएको हो । उक्त पालिका स्तरीय अस्पताल १५ शैयाको बन्ने गाउँपालिकाले जनाएको छ ।
अस्पताल शिलन्यासमा गाउँपालिकाका उपाध्यक्ष सबिता अर्याल, वडा नं १ को वडा अध्यक्ष पेमा वाङ्ग्याल लामा लगायतको सहभागिता रहेको थियो ।