
धादिङ ।
अनेमसंघले सहकारीको वर्तमान समस्या र चुनौती विषयमा सहकारीकर्मीसंग छलफल र अन्तरक्रिया गर्दै सहकारीबारे जानकारी लिदै गरेकाे छ । अनेमसंघ केन्द्रीय कमिटिले सहकारी तथा आर्थिक शशक्तिकरण अभियान कमिटि नै बनाएर सहकारीकाे समस्या चुनाैतीबारे छलफल चलाउन थालेकाे हाे । समुद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान नारासहित बागमती प्रदेशकाे छलफल कार्यक्रम धादिङबेसीमा शनिबार सम्पन्न भएको छ । अनेमसंघ केन्द्रीय उपाध्यक्ष शर्मिला कार्कीको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्लाभरका ६० भन्दा बढी सहकारी कर्मिहरु सहभागी भएकाे नेकपा एमाले धादिङका उपसचिव उर्मिला रेग्मीले बताउनुभयाे । सहकारीका सेयर सदस्यका कारण र संचालक तथा सेयर सदस्यले ऋण नतिर्ने, अवैधानिक निर्णयहरु गरेर समस्या आएकाे छ भने गलत हिसाब राखेर पनि समस्या अाउने गरेकाे बताएको छ । पार्वती खाँण राईकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे प्रमुख अतिथि कार्कीले सहकारीले समृद्धिका लागि लाग्ने याेजना बनाउनुपर्ने बताउनुभयाे । नेकपा एमाले सहकारी विभागका प्रमुख ओमदेवी मल्ल , सहकारी अभियानका सचिव कल्पना श्रेष्ठ , नेकपा एमाले जिल्ला सचिव राधिका सापकाेटा लगायतले सहकारीले आर्थिक रुपमा जनतालाई सुखी र समृद्ध बनाउने बताउनुभयाे ।