मार्पाक प्रिमियर लिग–२०८१ फुटसलको च्याम्पियन टिम थला-Divya Darshan TV


  • दिव्यदर्शन
  • शनिबार, असोज ५ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

काठमाडौं ।
१४ औं मार्पाक प्रिमियर लिग २०८१ ’ को समापन भएको छ । धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका भित्रका कुल १७ वटा टिमको सहभागिता रहेको मार्पाक प्रिमियर लिग फुटसल प्रतियोगिता गाउँपालिकाका उपाध्यक्ष सीतामाया चोदेनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।उक्त प्रतियोगितामा विशेष अतिथिको रुपमा धादिङको नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नं.१ का वडाध्यक्ष ठाकुर गुरुङ, समाजसेवी एबम् दिब्यदर्शन टि.भि.का प्रबन्ध निर्देशक उत्तम अधिकारी, सफल महिला उद्यमी तथा समाजसेवी बसुमाया तामाङ, नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर ५ का पुर्व वडाध्यक्ष डम्बर अधिकारी, ब्लू लोटस शैक्षिक नेटवर्क सोह्रखुट्टेका निर्देशक विवश धरेल, ज्वालामुखी गाउँपालिकाका युवा समाजसेवी राजन अर्याल, क्याम्ब्रिजको बालाजु तथा छाङ्मी कोरियन भाषा केन्द्र बालाजुका निर्देशक अनिल सिंखडा, जय मातादेवी ज्वेलर्स नेपालटारका संचालक राज कुमार बराईलीलगायत रहनुभएको थियो । नेत्रावती डबजोङ्ग र साबिक मार्पाकका थुप्रै भेट्रान्स खेलाडीहरुको समेत उपस्थिति रहेको थियो । काठमाडौंको भत्केको पुलमा रहेको फ्रेण्ड स्टार फुटसलमा भएको प्रतियोगिताको विजेता टिमले नगद १५ हजार ५ सय रुपैयाँ, ट्रफी, मेडल र प्रमाण – पत्र ,उप – विजेता टिमले नगद ७ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाण – पत्र , तेस्रो हुने टिमले नगद ३ हजार ५ सय रुपैयाँ, मेडल र प्रमाण – पत्र र चौथो हुने टिमले नगद २ हजार ५ सय प्राप्त गरेको छ ।प्रतियोगिता धादिङको मार्पाकस्थित नेत्रावती डबजोङ्ग गाउँपालिका वडा नम्बर १ को कार्यालयको संयोजन रहेको थियो। यस्तै, फुटसल प्रतियोगितामा नेपाली मन उद्योग मनमैजु, जय माता देवी ज्वेलर्स नेपालटार र गजकेशर थामे अधिकारी कल्याण समाजले प्रायोजन गरेको थियो । यसैगरी, उक्त प्रतियोगिताको एजुकेशन पार्टनरमा क्याम्ब्रिजको बालाजु, ब्लू लोटस शैक्षिक नेटवर्क सोह्रखुट्टे र छाङ्मी कोरियन भाषा केन्द्र बालाजु रहेका छन् । त्यस्तै, फुटसल प्रतियोगिताको टिभी पार्टनरमा दिब्यदर्शन टेलिभिजन, रेडियो पार्टनरमा निलकण्ठ एफएम र अनलाइन मिडिया पार्टनरहरुमा जनअपडेट डटकम, भिजन न्यूज नेपाल र धादिङ संचार रहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web