
धादिङ ।
विद्यालय कर्मचारी र बालविकास शिक्षकलाई सम्मान गर्ने कार्यक्रमअनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले धादिङका दुई जना शिक्षकलाई पुरस्कृत गरेको छ । राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा मन्त्रालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बापत धादिङ सामुदायिक बिद्यालयतर्फ रानीपौवा मा.वि सल्यानटारका शिक्षक शशीधर पाठक र निजी विद्यालयतर्फ न्यू किवो बोर्डिङ स्कूल धादिङबेसीका प्रिन्सिपल प्रयास रेग्मीलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको हो ।मन्त्रालयले शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बापत सामुदायिक विद्यालयका शिक्षक मध्येबाट ७७ जिल्लाका ७४ जना, निजी लगानीका शिक्षक, कर्मचारी र संस्थापक मध्येबाट ३२ जना, विद्यालय व्यवस्थापन पदाधिकारी, विद्यालय कर्मचारी र बालविकास शिक्षकमध्येबाट ३५ जना, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत प्राविधिक शिक्षालयका प्रशिक्षक र कर्मचारीमध्येबाट पाँचजना विश्वविद्यालय अनुदान आयोगको सिफारिस बमोजिम विश्वविद्यालयतर्फका शिक्षक कर्मचारीमध्येबाट २५ जनालाई पुरस्कृत गरेको छ ।