गजुरी गाउँपालिका अनेरास्ववियु (क्रान्तिकारी)अध्यक्षमा सुमन लो तामाङ निर्वाचित


  • दिव्यदर्शन
  • शनिबार, भाद्र ८ २०८१
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ/भदौ ८
गजुरी गाउँपालिकाको अनेरास्ववियु (क्रान्तिकारी)अध्यक्षमा सुमन लो तामाङ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न दोस्रो सम्मेलनले तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।सम्मेलनले तामाङको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । गठित समितिको उपाध्यक्षमा रश्मी तामाङ, बिशाल रुपाखेती, शेर बहादुर बिक, प्रमिला अधिकारी, सचिवमा शिव पाण्डे, सह–सचिवमा बिश्वास बिक, अनुष्का तामाङ, सन्देश खड्का, वसन्त अधिकारी र कोषाध्यक्षमा मिलना अधिकारी रहेका छन् ।सम्मेलन नेकपा माओवादी केन्द्र गजुरीका ईन्चार्ज धुव सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । नव निर्वाचित अध्यक्ष सुमन लो तामाङले आफ्नो कार्यकालमा बिद्यार्थीहरुको हकहितका निमित्त सदैव प्रतिवद्ध भएर कार्यसम्पादन गर्ने बताउनुभएको छ ।

source:neelkanthafm

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web