धुनिबेशी । धुनिवेशी नगरपालिकामा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थी दिवस कोईरालालाई नगद सहित सम्मान गरिएको छ ।
धुनिवेशी नगरपालिका वडा नं ६ ले २०७९ सालको एसईई परिक्षामा सामुदायिक तथा निजि विद्यालय मध्येबाट ३.८५ जिपिए सहित सर्वोत्कृष्ट नतिजा ल्याउने गुडस्टार्ट ईङलिस स्कुलका कोईरालालाई नगद ५ हजार सहित सम्मान गरिएको हो ।
बिद्यार्थीहरुको अध्ययनमा थप हौसल्ला मिलोस भन्ने अभिप्रायले बिद्यार्थीलाई सम्मान गरिएको वडाअध्यक्ष रमेश प्रसाद आचार्यले बताउनु भयो ।
धुनिबेशी नगरपालिका भरी विभिन्न विद्यालयबाट ३ सय ८८ जनाले परीक्षा दिएका थिए । जसमध्ये ए ग्रेड ल्याउने विद्यार्थी ३७ जना , बि प्लस ल्याउने ७० जना, बि ल्याउने १०१ जना, सि प्लस ल्याउने ९५ जना, सि ल्याउने ६३ जना, डि प्लस ल्याउने १२ जना र डि ल्याउने १ जना रहेका छन् ।