नुवाकोट,वैशाख १९ । नुवाकोटमा सोमवार दिउसो असिना पानी परेपछि किसानले लगाएको गहुँबाली तथा तरकारी वाली नष्ट भएको छ ।
दिउसो १:०० वजेदेखि परेको असिना पानीले यहाँका किसानले लगाएर भित्र्याउन लागेको गहुँखेती, तरकारी, फलफूल र वाली नष्ट गरेको हो । लगातारको असिना पानीले बनस्पतिजन्य अन्य क्षति भएको बताइएको छ ।
विशेष गरी असिना पानीले वढी क्षति शिवपुरी गाउँपालिका, पञ्चकन्या गाउँपालिकाका विभिन्न क्षेत्र लगायत काठमाडौं उपत्यकाको उत्तरी भुभागमा बढी असिना वर्षा भएको हो ।क्षतिको यकिन तथ्यांक भने आइसकेको छैन ।