नुवाकोट पञ्चकन्यामा माओवादीको घरदैलो कार्यक्रम, सयौं नागरिकको समर्थन


  • दिव्यदर्शन
  • आइतबार, बैशाख १८ २०७९
  • पढ्न लाग्ने समय < 1 मिनेट

नुवाकोट,वैशाख १८ । आसन्न स्थानीय तहको निर्वाचनमा पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका तेजबहादुर तामाङ (रमेश) ले घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

उनले शुक्रबारदेखि पञ्चकन्या गाउँपालिकाको विभिन्न टोलमा पुगेर मतदान गर्न अनुरोध गरेका हुन । तामाङले स्थानीय नागरिकको घरदैलोमा पुगेर त्यहाँको समस्याबारे जानकारी लिने, सुझाव ग्रहण गर्ने जस्ता कार्यमा व्यस्त देखिएका छन् । तामाङले आफ्नो चुनावी घोषणापत्र वितरण गर्ने र उल्लेखित बुँदामाथि व्याख्या विश्लेषण समेत जनतासामू गरिरहेका छन् ।

कतिपय स्थानमा जनताले जिताएका उम्मेदवारहरुबाट धोका मात्रै पाएका छन् । तर हाम्रो सुन्दर पञ्चकन्यामा त्यस्तो नहुने, गल्ती कतै भैहाले त्यसलाई सुधार्दै जाने अध्यक्ष दावेदार पूर्व अध्यक्ष तामाङले बताए । हामीले जब काम गर्न सक्दैनौं भने तबमात्र जनताले विकल्प खोज्न सक्ने बताए । आफुले अघिल्लो स्थानीय निर्वाचनदेखि सुन्दर पञ्चकन्या निर्माणका लागि अघि बढिरहेको बताए ।

चुनावी माहौल कस्तो चलिरहेको छ ? भन्ने हाम्रो प्रश्नमा जवाफ दिदै अध्यक्ष दावेदार तामाङले चुनावी माहोल गतवर्ष भन्दा यसवर्ष अत्यन्त राम्रो भएको बताए । नागरिकको समस्या र भावी दिनमा कसरी सम्बोधन गर्न सकिने बारे टिपोट समेत भैरहेकाले नागरिकको समस्या पहिलो चरणमा पुरा गर्ने बताए । तपाईंहरुले जिते मात्र नागरिकले सुशासन र अमनचयन महसुस गर्न पाउने हो? भन्ने साझापथको प्रश्नमा अध्यक्ष तामाङले भने – जनताको उल्लासमय अग्रसरता पाएको छु । सबैको सहयोग पाए चुनाव जितेर जनताको पक्षमा अधुरो काम पूरा गर्छु ।’ तामाङले भने- ‘सबै सबैको घर दैलोमा पुगेको छु । चुनाव जिते मात्रै होइन, हारेपनि म हरेक नागरिकको घर आँगनमा पुग्नेछु।’

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2024 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web