सल्यान,वैशाख १७ । गोठको झ्यालबाट लडेर जिल्लामा एक जना महिलाको मृत्यु भएको छ । छत्रेस्वरी गाउँपालिका–३ की ५५ वर्षीया चुडा घर्तीको गोठको झ्यालबाट लडेर शनिबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले शुक्रबार राति ९ बजेतिर खाना खाएर सुतेकी घर्ती शनिबार बिहानै उठेर बाख्रा बाँध्न गएको समयमा झ्यालबाट लडेकी बताए ।
उहाका अनुसार घटनास्थलमै मृत्यु भएको पाइएको छ ।शव पोस्टमार्टम जिल्ला अस्पताल गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए ।