नुवाकोट,वैशाख १२ । नुवाकोट दुप्चेश्वरका काङ्ग्रेस नेता तथा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ एमालेमा प्रवेशको हल्ला चलेको छ ।
सामाजिक सञ्जालमा चलेको हल्ला सत्य भएको तामाङ निकट श्रोतले जनाएको छ।
काङ्ग्रेस पार्टीका ईमानदार नेताका रुपमा परिचित तामाङले आफू विरुद्ध षडयन्त्रको प्रयास भएको बताउदै आएका थिए ।
श्रोतका अनुसार अध्यक्ष तामाङ विरुद्ध पुर्णबहादुर तामाङलाई अगाडि सारिएकोले पार्टी परित्याग गरिएको हुनसक्ने श्रोतको भनाइ छ ।