नुवाकोट,वैशाख १ । जिल्लाको दुप्चेश्वर गाउँपालिकामा आज बिहीबार सम्पन्न रिङ रेस्लिङको महाभिडन्तमा कमल लामा उर्फ नुवाकोटे टाइगर र नुवाकोटकै अर्का रेस्लर प्रदीप पाण्डे उर्फ साइनले जितेका छन् । नयाँ २०७९ को शुभ अवसरमा भएको प्रतियोगितामा विभिन्न विधामा १ दर्जन खेलाडी भिडेका थिए ।
दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ खेलको नेपाली काङ्ग्रेसका नेता डाक्टर प्रकाशशरण महतले रिङ भित्रबाट घण्टी बजाएर उद्घाटन गरेका थिए।
यसैगरी त्रिपल थ्रेडतर्फ साइन, चट्टान र किङरोवर्डबीचको खेलमा साइन च्याम्पियन बनाएका थिए । उनले ४५ हजार रुपियाँ पुरस्कार प्राप्त गरे । महिलातर्फको उपाधि तनुले जितिन । आकृतिलाई हराएकी उनले ४० हजार रुपियाँ पाइन । ट््याक टिम म्याचमा सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले हराए । स्पाइडर म्यान र बाकाको जोडीले ६० हजार रुपियाँ हात पारे ।
प्रतियोगिताले नुवाकोटको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थल दुप्चेश्वर महादेव मन्दिरको प्रवद्वन तथा प्रचारप्रसार समेत हुने अपेक्षा डाक्टर महतले राखेको बताए ।
प्रतियोगितामा नुवाकोटे टाइगर, प्रथम हेरिटेज च्याम्पियन डेभिड, चट्टान, साइड, योङ स्याडी, टुप्पी ग्याङ, जोन, सिजे वल्र्ड, बाका, तन्नु, आकृति, स्पाइडरम्यान, किङ रोबर्ट लगायतका नेपालका प्रख्यात रेस्लरहरुको महा भिडन्त भएको थियोे ।
रेस्लिङ प्रतियोगितामा चर्चित कलाकार प्रतिमा अर्याल र मदन थापाले लाईभ दोहोरी समेत प्रस्तुत गरेका थिए ।