काठमाडौं,चैत ३० । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्वाचन घोषणापत्रको प्रारम्भिक मस्यौदा पारित गरेको छ ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समिति बैठकले महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको ‘नेपाली काँग्रेस स्थानीय तह निर्वाचन घोषणापत्र’को प्रारम्भिक मस्यौदा पारित गरेको हो।
बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यले दिएका सुझावलाई समावेश गरेर स्थानीय तह निर्वाचन-२०७९, घोषणापत्र तयारी समितिले अन्तिम रुप दिने गरी पारित भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।