धादिङमा कृषि यन्त्र उपकरण मर्मत तालिम सम्पन्न,२७ जना लावान्भित


  • दिव्यदर्शन
  • शुक्रबार, चैत्र २७ २०८२
  • पढ्न लाग्ने समय 2 मिनेट


धादिङ ।
धादिङ जिल्लाका क्रियाशिल २७ जना कृषकहरुलाई कृषि यन्त्र उपकरण मर्मत सम्बन्धी जिल्ला स्तरिय तालिम प्रदान गरिएको छ ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई धादिङको आयोजनामा सञ्चालन गरिएको उक्त तालिम चैत २५ गतेदेखि २७ गतेसम्म धादिङबेशीमा आयोजना गरिएको थियो। कार्यक्रममा सहभागीहरुलाई आयोजक कार्यालयका प्रमुख लक्ष्य बहादुर चौधरीले सिकेका ज्ञान र सीपलाई ब्यबहारमा उतार्न र छरछिमेकलाई पनि सिकाउन आग्रह गर्नुभएको छ ।

सो कार्यक्रममा कृषक तथा प्राविधिकहरुको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।तालिममा सहभागीहरुलाई कृषि यन्त्रहरूको मर्मत, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

यस्ता तालिमहरूले कृषकको उत्पादन क्षमता वृद्धि गर्न र आधुनिक कृषि प्रविधि प्रयोगमा सहयोग पुग्ने विश्वास गरिएको छ।नेपालमा कृषि क्षेत्र अझै पनि प्रमुख पेशा भएकाले यस्ता सीपमूलक तालिमले ग्रामीण क्षेत्रको आयआर्जन र जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्ने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2026 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web