धादिङ,साउन १५
हाम्रो देश नेपाल जस्तो बिकासोन्मुख देशमा सबै नागरिकलाई उचित रोजगार र जीवनको सुनिश्चितता प्रदान गर्न सक्दैनन् । देशका बिभिन्न ठाउँका जनताका आआफ्नै समस्या र कथाब्यथाहरु रहेका छन् । जीवन निर्बाह गर्न सबैलाई सहज छैनन् । युवाहरु बिदेसिने क्रम दिनानुदिन बढ्दो छ, गाउँमा बृद्ध र बालकबाहेक युवायुवति कमै मात्रामा भेटिन्छन् ।
जीवन गुजारा गर्नका निमित्त धादिङबेशी सडक छेउमा फलफूल बेचेर बस्नुभएका उर्बा तामाङको आफ्नै कथा,ब्यथा छ ।
धादिङको रुबिभ्याली गाउँपालिका वडा नं. ५ स्थायी घर भएका ५९ बर्षिय उर्बा तामाङ बि.स.२०७२ सालको भुकम्पबाट प्रभाबित भई २०७३ सालमा धादिङबेशी आएदेखि जीबिकोपार्जनका लागि सडक छेउमा फलफूल बेच्दै आएको छ । उनले सिजनअनुसार स्याल,आँप,केरा लगायतका फलफूलहरु बेच्न राख्छ ।पहिलेपहिले मुस्ताङबाट डोकोमा स्याउ ल्याएर बेचेका तामाङले अहिले भने उमेरका हिसाबले नसक्ने अवस्था पुग्दा अरुसँग लिएर थोरै मुनाफा राखि बेच्ने गरेको छ ।यसरी फलफूल बेच्दा मासिक करिब ७ हजार कमाईले खाना पुग्ने तर घरभाडा तिर्न गाह्रो हुने गरेको बताउँछन् । केराको मूल्य पसलमा १७० तिर्ने गरेका ग्राहकले आफुले १५० मा दिँदा पनि कति महङगो भन्दै गएको सुनाउँछन् । डेरामा अहिले दुई छोरा र श्रीमती बस्दै आएका छन् । उनी हास्दै भन्छन्,“गाउँमा बृद्ध आमाब्ुबा हुनुहुन्छ, के गर्ने बाच्नका लागि केही त गर्नुपर्याे अरु काम सक्दैन ।”
हुर्केका छोराहरु पनि बेरोजगार हुँदा जेनतेन घरखर्च चलाउन समेत धौधौ रहेको तामाङको भनाई छ । यसरी फलफूल बेचेर धेरथोर रकमले पनि आफु खुशी नै रहेको तामाङ बताउछन् ।