काठमाडौं, चैत २१ । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ ।
सरकारले नेपाली दूतावासमा चुच्चे नक्सा गायब पारेको विषयलाई गम्भीरतापूर्वक लिएको छैन । अहिले दूतावासमा कालापानी, लिपुलेक र लिम्पियाधुरा नसमेटिएको पुरानै नक्सा टाँसिएको छ । जबकि केही समयअघिसम्म मात्रै भारतस्थित नेपाली दूतावासका सबै कोठामा चुच्चे नक्सा थियो ।
प्र्र्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला नयाँ दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा नदेखिएपछि राजनीतिक दलले आपत्ति जनाउँदै कर्मचारीलाई कारबाही माग गरेका छन् ।
लिपुलेक, लिम्पियाधुरा, कालापानीसहितको चुच्चे नक्सा दूतावासमा नदेखिनु गम्भीर आपत्तिको विषय भएको दलका नेता औंल्याउँछन् ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।