नीलकण्ठ बालमन्दिरमा बार्षिक खेल महोत्सव जारी, राष्ट्रपति रनिङ शिल्डका लागि छनोट प्रक्रिया सुरु


  • दिव्यदर्शन
  • आइतबार, पुष ६ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ– नीलकण्ठ नगरपालिका ३ स्थित नीलकण्ठ बालमन्दिर माविमा बार्षिक खेल महोत्सव भव्य रूपमा आयोजना भइरहेको छ। सो महोत्सवको मुख्य उद्देश्य राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिनका लागि खेलाडीहरूलाई छनोट गर्नु हो।

कार्यक्रमका बारेमा जानकारी दिंदै नीलकण्ठ बालमन्दिर माविका प्रधानाध्यापक विष्णु प्रसाद रिजालले भने, “हामीले पहिलेदेखि नै नगरपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जित हासिल गरेका छौं र यस पटक पनि त्यही जितको यात्रा अगाडि बढाउने हाम्रो लक्ष्य हो।” उहाँले विद्यालयका विद्यार्थीहरूको खेलकुदमा उच्च मनोबल र प्रतिभा देखाउँदै यस पटक पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा राख्नु भएको छ।

यस वर्षको बार्षिक खेल महोत्सव पौष ४ गतेबाट सुरु भएको थियो र विभिन्न खेल विधामा बिद्यार्थीहरू प्रतिस्पर्धा गर्दै छन्। महोत्सवको अन्तिम मिती पौष ८ गतेसम्म रहेको छ। यस अवधिमा विद्यालयका विद्यार्थीहरूले फुटबल, भलिबल, कबड्डी लगायतका विभिन्न खेलहरूमा आफ्नो क्षमता प्रमाणित गर्दै छन्।

नीलकण्ठ बालमन्दिर माविको यो आयोजनाले विद्यार्थीहरूको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, राष्ट्रपति रनिङ शिल्डका लागि योग्य खेलाडीहरूको छनोट प्रक्रिया पनि यहींबाट सुरु भएको छ, जसले आगामी प्रतिस्पर्धामा भाग लिनका लागि अवसर प्राप्त गर्नेछन्।

यस प्रकारका खेल कार्यक्रमहरूले विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना र टोली कार्यको महत्त्वलाई बुझाउन मद्दत पुर्याउँछन्, जसले उनीहरूको समग्र विकासमा ठूलो प्रभाव पार्नेछ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web