धादिङ अस्पतालको ४९औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न


  • दिव्यदर्शन
  • शुक्रबार, पुष ४ २०८२
  • पढ्न लाग्ने समय < 1 मिनेट

धादिङ अस्पतालले ४९औं वार्षिक उत्सव सप्ताहव्यापी विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। शुक्रबार आयोजित मूल समारोहमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले अस्पतालमा क्रमिक रूपमा विशेषज्ञ सेवा विस्तार गरिने घोषणा गर्नुभयो।

मन्त्री थापा मगरले धादिङ अस्पतालमा सिटी स्क्यान सेवा सुरु गर्न प्रस्ताव पेश गरिने, डायलाइसिस मेसिन थप गरिएको र मृगौला रोगीलाई धादिङमै सेवा उपलब्ध गराइएको जानकारी दिनुभयो। साथै स्वास्थ्य विभागको नाममा रहेको ३४ रोपनी जग्गा अस्पतालकै नाममा ल्याइने र त्यसपछि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिने बताउनुभयो। धादिङमै नर्सिङ कलेज सञ्चालनको तयारीसमेत भइरहेको उहाँको भनाइ थियो।

कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले पछिल्लो समय धादिङ अस्पतालले उल्लेखनीय प्रगति गरेको बताउँदै अझ प्रभावकारी सेवा दिन सिटी स्क्यान लगायत थप विशेषज्ञ सेवा आवश्यक रहेको उल्लेख गर्नुभयो।वार्षिक उत्सवकै अवसरमा विभिन्न विधाका उत्कृष्ट कर्मचारी, सहयोगी संस्था तथा कर्मचारीबीच आयोजित खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।

त्यसैगरी समारोहकै बीच निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाद्वारा लेखिएको ‘गुडबाइ सुगर एडिक्सन’ पुस्तकको लोकार्पण गरिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

सर्वाधिकार © 2025 दिव्यदर्शन टेलिभिजन. Powered by: Trishuli Web