काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनमा दोस्रो विधान महाधिवेशनबाट पारित विधानकै आधारमा नयाँ नेतृत्व चयन गरिने भएको छ।
हिजो बसेको पार्टी सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यसपटक पनि १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने निर्णय गरेको हो।
त्यसैगरी बैठकले निर्वाचित तथा पदेन प्रतिनिधिको पाँच प्रतिशत बराबर हुने १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णयसमेत गरेको छ।
सचिवालय बैठकले सरकार र नवयुवाका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति आपत्ति जनाउँदै पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेको छ।
एमालेको महाधिवेशनले आगामी कार्यदिशा र नेतृत्व चयन गर्ने भएकाले यसलाई पार्टीभित्र विशेष चासोका साथ हेरिएको छ।
